
तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित गोरखा मावि तुलसीपुरले ब्यबस्थापन संकायको नतिजामा देशकै प्रथम भएको दावी पेश गरेको छ । व्यबस्थापन शंकाय प्रमुख डम्बर डाँगीका अनुसार छात्रा विपाशा पन्तले ३।९६ जीपीए ल्याएर देशकै प्रथम भएको दावी गरेका हुन् ।
यस वर्ष विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये विज्ञान तथा व्यवस्थापन समूहबाट १०४ जनाल एप्लस, २४४ जनाले ‘ए’, ११३ जनाले‘बी प्लस’, तथा १६ जनाले ‘बी’ ग्रेड प्राप्त गरेका छन् ।
यस अघि पनि तीन वटा परीक्षामा गोरखाले उत्कृष्ट नतिजा ल्याएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले समेत सम्मान गरेको थियो ।



लाइभदाङ । ५ असार २०८३, शुक्रबार १९:२९ बजे