तुलसीपुरमा हाइस र मोटरसाइकल ठोक्किदा चौधरी गम्भीर घाइते

तुलसीपुर,२७ मंसिर । दाङको तुलसीपुरमा हाइस र मोटरसाइकललाई ठोक्कीदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बेलुका सवा ६ बजेतिर तुलसीपुरदेखि जसपुर तर्फ जादै गरेको लु ७७ प ९०६६ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट आउँदै गरेको रा १ ख २८७२ नम्बरको हाइस ठोक्कीदा मोटरसाईकल चालक तुलसीपुर ११ उरहरी निवासी ३२ वर्षिय कृष्ण चौधरी गम्भीर घाइते भएका हुन् ।


उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । साथै गाडी र चालकलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।