
तुलसीपुर, १२ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
वडाको आयोजनामा बिशेषज्ञ चितित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
१४ पुस आईतबारका दिन वडा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र रझेनामा स्वास्थ्य शिविर हुन लागेकाले सहभागिता हुन सबैमा वडाध्यक्ष खुसीराम चौधरीले अनुरोध गरे ।
शिविरमा फिजिसियन डा. सुरेन्द्र विक्रम बस्नेत, स्त्रीरोग बिशेषज्ञ विना श्रेष्ठ र डेन्टल दिपा न्यौपानेले चेकजाँच गर्नेछन् ।



लाइभदाङ । १२ पुष २०८१, शुक्रबार २१:०३ बजे