
दाङ, २ असार ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जन्मजात पेटभित्र अण्डकोष भएका बालकको शल्यक्रिया सफल भएको छ ।
दुर्बिन प्रविधिबाट पेट भित्र अण्डकोष रहेका बालकको शल्यक्रिया गरिउको हो । युरोसर्जन डा। सुशील खनियाँ नेतृत्वको टोलीले पेटभित्र रहेका अण्डकोषका नशा तथा संरचनाहरूलाई छुट्याई प्राकृतिक स्थान (अण्डकोष थैली ) मा झारिएको हो ।
आधुनिक दुर्बिन प्रविधिबाट गरिएको यस उपचारले बिरामीलाई कम पीडा हुने, छिटो निको हुने तथा शल्यक्रियापछि हुने जटिलता कम हुने डा। खनियाले बताउनुभयो ।




लाइभदाङ । २ असार २०८३, मंगलवार ०६:०१ बजे