दाङ,
३ भदौ / भारतबाट अबैध रुपमा भन्सार छलि गरेर ल्याएका सामग्री बरामद गरेको छ ।
आज दिउसो २ बजेतिर गढवा गाउपालिका ८ कोइलावास चारखम्वाबाट घडी र कपडा सामान करिव ५३ हजार बराराबरको सामान फेला पारेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।
त्यस्तै विहीबार राति ९ बजेतिर गढवा गाउँपालिका वडा नं. १ जुरौनी स्थित अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको करिव ४१ हजार मुल्य बराबरका कपडा फेला पारेर बरामद गरेको थियो ।
लाइभदाङ । ३ भाद्र २०७८, बिहीबार २२:०७ बजे