अमेरीकामा मृत्यु कुरेर बसेका दाङका श्रवण

तुलसीराम वली, न्युयोर्क । 

दाङका श्रवण कुमार सुबेदीको अबस्था अमेरीकामा चिन्ता जनक अबस्थामा रहेको छ । तुलसीपुर उपमहानरपालीका वडा नं. १६ उत्तर कुररीयाका ३९ बर्षिय सुबेदीको क्यान्सरका कारण अबस्था गम्भिर बनेको हो । दुई बर्ष पहिले अमेरीका आएका सुबेदी बिगत ४ महीनादेखी अस्पताल भर्ना भएको बताईएको छ ।


अमेरीकाको न्युयोर्कमा बस्दै आएका सुवेदीलाई उपचारत अस्पतालले बचाउन नसक्ने घोषणा गरीसकेको राप्ति समाज न्युयोर्कका अध्यक्ष केशब बस्नेत जानकारी दिनुभएको छ । अवैधानिक रुपमा अमेरिका प्रवेश गरेका सुवेदीलाई न्युयोर्क आएको केही समयपछि नै घाँटी र टाउकोमा क्यान्सर भएको पुष्टि भएको थियो ।

अन्तिम चरणमा रहेको क्यान्सरका कारण उपचारमा कठीनाई आएको अस्पताल श्रोतले बताएको बस्नेतले जानकारी दिनु भ । लामो समय न्युयोर्क क्विन्समा रहेको एल्महस्र्ट अस्पतालको उपचार पछि थप उपचारका लागी क्वीन्समै रहेको जमैका अस्पतालमा लगीएको थियो । अहिले जमैका अस्पतालमा आईसियुमा कृतिम स्वास दिएर राखिएको बताईएको छ ।
सुबेदीको उपचार संभव नभएको अस्पताल श्रोतले बताएपछि नेपालबाट आफन्तीलाई अमेरीका ल्याउनका लागी राप्ति समजले पहल गरेको अध्यक्ष केशब बस्नेतले जानकारी दिनु भएको छ । अन्तिम अबस्थामा भएपनि अफ्न्तिले भेट्न पाउन भन्ने उद्देस्यले प्रयास गरीएको बस्नेतले बताउनु भयो । भ्यान्टिलेटरमा राख्दा सम्म मात्र सुबेदी जिवित रहने भएकाले आफ्न्ति ल्याउने संबन्धमा प्रकृया जति सक्यो छिट्यो गरीने उहाले बताउनु भयो ।
सहयोग जुटाउदै राप्ति समाज
श्रवण कुमार सुबेदीको परिवारको सहयोगार्थ यतिवेला राप्ती समाज न्युयोर्कको पहलमा गो फण्डमी संचालन गरिएको छ । समाजका उपाध्यक्ष दिपक कुमार भट्राईका अनुसार अमेरीकामा रहेका नेपालीहरुबाट सहयोग संकलन गर्न लागीएको हो । राप्ति समाज न्युयोर्कको पहलमा राप्ति समाजकै नामबाट १५ हजार डलरको लक्ष्य लिएर सहयोग संकलन गर्न थालीएको हो । यो समाचार तयार पार्दा सम्म ६८ जना बाट ४ हजार डलर बढी सहयोग संकलन भईसकेको छ । पिडामा रहेको परिवारका लागी सहयोग गरीदिन भट्राईले सबैमा अपिल गर्नुभएको छ । सहयोग गर्न चाहानेका लागी गो फण्डमीको लिन्क https://www.gofundme.com/f/sharban-kumar-subedi?utm_campaign=p_cp+share-sheet&utm_content=www.khasokhas.com&utm_medium=referral&utm_source=widget रहेको छ ।