मावि दोघरेलाई एलईडी टिभी

दाङ, २९ जेठ । दाङ जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष डिल्ली बहादुर डाँगीले तुलसीपुर ९ स्थित मावि दोघरेलाई टीभी सहयोग गरेका छन् ।

उनले विद्यालयमा शैक्षिक गतिविधिलाई थप प्रभावकारी, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने उद्देश्यले ४३ इन्चको एलईडी टिभी सहयोग गरेका हुन् ।
उनले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन सहयोग गरेको बताए ।


यसले आधुनिक प्रविधिको प्रयोगमार्फत सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन यस सहयोग पुग्ने विश्वास लिइएको छ ।

एलईडी टिभीको प्रयोग कक्षाकोठामा श्रव्य–दृश्य सामग्री प्रदर्शन, शैक्षिक प्रस्तुतीकरण तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालनमा उपयोग गरिने सूचना अधिकारी मेघराज पोख्रेलले जानकारी दिए ।