यातायात तुलसीपुरमा गाडी र अटोका ढड्डा मात्रै बचे

तुलसीपुर, ३० भदौ ।
यातायात ब्यबस्था कार्यालय तुलसीपुरमा जेनजीको आन्दोलनका क्रममा आगजनीबाट अधिकांस सामग्री जलेका छन । कार्यालयका शुब्बा उत्तम डाँगीका अनुसार कार्यालयमा अटो रिक्सा र केही गाडीका ढड्डा र परीक्षाका सामग्री बाहेक अन्य सबै सामग्री जलेर नष्ट भएको छन् ।

लाइसेन्सको फाइल जलेर नष्ट भएपनि अनलाईन प्रणालीमा भएकाले त्यति असहज नहुँने भएपनि सवारीको ब्लुबुकका ढड्डा हराउँदा पनि समस्या हुने उहाँको भनाई छ ।


त्यसकालागि सम्बन्धि सवारी धनीले नै ब्लुबुक ल्याएर कार्यालयमा पुनः इन्ट्रि गराउनु पर्ने बताउनुभयो । यातायातले पनि कार्यालयबाट सेवा सुरु गर्नकालागि सरसफाई गरिसकेको छ । अब विद्युत,कम्प्युटरलगायतका सामग्री जडान हुने वितिकै सेवा सुरु गर्ने जनाएको छ ।