माओवादी केन्द्र तुलसीपुर ५ द्वारा निर्वाचन गतिबिधि सुरु, सम्पर्क कार्यालय स्थापना

तुलसीपुर
२६ माघ / नेकपा(माओवादी केन्द्र) तुलसीपुर ५ को सम्पर्क कार्यालय स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच कार्यालय स्थापना गरिएको पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को ‘ङ’ लाईनमा वडा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

यस्तै पार्टीको वडा कमिटिको बैठक पनि बसेको छ । पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षतामा बसेको बैठकले स्थानीय चुनाब केन्द्रित गतिबिधि गर्ने निर्णय गरेको छ । पार्टीलाई वडामा विजयी बनाउनकालागि वडामा टोल, सेल तथा जनबर्गीय समितिहरु निर्माण गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ११ सदस्यीय वडाको सचिबालय गठन गरेको छ, भने २१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा शेसकान्त ढकाल रहेका छन्, भने सचिबमा किशोर वलीलाई चयन गरिएको हो ।


बैठकमा पार्टीका महाधिवेशन प्रतिनिधि प्रेमराज वली‘प्रभात’, प्रदेश कमिटि सदस्य चित्रबहादुर खड्का‘अनुपम’, तुलसीपुर नगर अध्यक्ष खुसीराम चौली, वडा इञ्चार्ज मिनराज भण्डारी, नेता पूर्ण रावललगायतको सहभागिता रहेको थियो ।

बैठकको सहजीकरण सहसचिब थलु पौडेलले गरेका थिए । बक्ताहरुले मुलुक माओवादी केन्द्रकै एजेण्डामा चलेको भन्दै अब आउने चुनाबमा १ नम्बर बन्ने बताएका थिए । मुलुकको समृद्धिकालागि माओवादीले खेलेको भूमिका महत्वपूर्ण भएको समेत बताएका थिए ।