
दंगीशरण, १२ माघ ।
आफ्ना जनताको स्वास्थ्य अवस्था स्वस्थ राख्न कुनैपनि कसर बाकि नराख्ने दंगीसरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । दंगीशरण गाउँपालिकाको समन्वय,लायन्स क्लब दाङ इसानको आयोजना तथा राप्ती लाइफ कियर हस्पिटल तुलसीपुरको प्राविधिक सहयोगमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यस्तो बताएका हुन् ।
भौतिक पुर्वाधार सङ्गै मानविय विकासलाई उत्तिकै महत्त्वका साथ अगाडि बढाएका अध्यक्ष गिरीले आफु निर्वाचित भएदेखि मानविय विकासका थुप्रै कामहरु अगाडि बढाएको बताए । अर्को प्रसङ्गमा अध्यक्ष गिरीले १५ सैयाको अस्पताल सञ्चालन गरीसकेको र सम्पुर्ण पालिकाका नागरीकलाई स्वास्थ्य विमामा जोड्न आफु लागि परेको र औषधि खरीदको लागि इभिडिङ सहित सम्पुर्ण प्रक्रिया पुरा भएको बताए ।
सोहि अवसरमा बोल्दै राप्ती लाइफ क्यर हस्पिटल प्रा.लि.का निर्देशक जिबन भण्डारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत दंगीसरणमा धेरैपटक निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरी सकेको जानकारी दिए । दंगीशरण र दगीशरणका जनताको स्वास्थ्यप्रती आफुहरु गम्भिर रहेको र पालिकासङ्ग सम्झौता गरेर नागरीहरुको औषधि उपचारमा १५ देखि २० प्रतिशत छुट दिन आफुहरु तयार रहेको बताए ।
दंगीशरण ३ मा रहेको स्वास्थ्य चौकि हेकुलिमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा नशा तथा हाडजोर्नि रोग बिशेषज्ञ निभाष शर्मा, जनरल फिजिसियन डा.मुक्तिनाथ थापा, जनरल फिजिसियन डा. बिनोद राणा, मेडिकल अफिसर डा.भुषण भण्डारीले शिवीरमा सेवा दिएका थिए ।
शिविरमा १४६ जना महिला र ५७ जना पुरुष गरी २०३ जनाले विशेषज्ञ सेवा लिएको स्वास्थ्य चौकि हेकुलिका प्रमुख प्रल्हाद चौधरीले जानकारी दिए । स्वास्थ्य साखा दंगीशरणका प्रमुख प्रदिप योगीको स्वागत मन्तब्यबाट शुरुभएको निःशुल्क स्वास्थ्य शिविरको औपचारिक कार्यक्रमको सहजीकरण गाउँपालिकका प्रेश संयोजक प्रमोद आचार्यले गरेका थिए ।



लाइभदाङ । १२ माघ २०८१, शनिबार २२:०५ बजे