पाँच वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण

काठमाडौं,१५ जेठ।
सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ,’ उनले भने । यस्तै, आगामी तीन वर्षभित्र विराटनगर, लाहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।