दाङको तुलसीपुरमा होटल भ्याली भ्यु होटल एण्ड लज सञ्चालनमा

दाङ, १४ साउन ।
दाङको तुलसीपुरमा नयाँ व्यबस्थापनका साथ होटल भ्याली भ्यु होटल एण्ड लज सञ्चालनमा आएको छ । करिब ५ वर्षदेखि होटल को रूपमा सञ्चालनमा आएको अहिले भने नयाँ व्यबस्थापनका साथ सञ्चालन गरिएको सञ्चालक विजय गिरीले जानकारी दिनुभयो ।

करिब ५५ लाखको लगानी मा सञ्चालन भएको होटल एण्ड लजमा एसी सहितको कोठा हरु रहेका छन् । सानो उमेरमा पढाइ लाई निरन्तरता दिँदै ब्यबसायमा प्रवेश गरेका गिरी को अथक मिहिनतलाई साथ दिँदै आउनुभएको आमा पूर्णिमा गिरी अहिले भने तुलसीपुरमा सफल ब्यबसायीको रूपमा आफूलाई देख्दा खुसी लागेको बताउनु हुन्छ । ञउमेर सानो भए पनि सोच ठूलो भएको कारण हामी सफल भएको छौँ ।झ गिरीले भन्नुभयो ।


जीवनको उर्जाशील समय ब्यबायमा लगाउने र अबल ब्यबसाय यी को बन्ने आमा छोराको सोच छ । केही समय पहिला देखि खान र बस्नको मात्र ब्यबस्था भएको लज मा अहिले भने रेस्टुरेन्ट सञ्चालन गरी नयाँ सेवा दिँदै आएको छ । होटेलमा लोकल कुराको आइटम, हाँसको आएतम लगायत अन्य टिपिकल लोकल आइटम हरु को सेवा दिने सञ्चालक विजय गिरीले जानकारी दिनु भयो । होटलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघ को वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले गर्नुभएको थियो ।