
काठमाडौं,२८ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरेको हो । अब बोर्डले तोकेको सिस्टमबाट नतिजा पनि हेर्न मिल्ने छ । १९ देखि २९ चैतसम्म सञ्चालन भएको परीक्षाको नतिजा एक महिनामै प्रकाशन गरिएको हो ।
नतिजा अनुसार ६५।९८ प्रतिशत ९दुई लाख ८४ हजार १६०० विद्यार्थी ग्रेडेड भएका छन् । यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र सहभागी थिए । शिक्षा मन्त्रालयको निर्देशनपछि यसपटक परीक्षा केन्द्रमै कापी परीक्षण गरिएको थियो ।
५ बैशाखमा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी सिस्टममा नतिजा अध्यावधिक गर्ने कार्य थालिएको थियो । विगतका वर्षहरुमा तीन महिनामा नतिजा प्रकाशन गर्ने गरिएपनि यसपटक भने शिक्षा मन्त्रालयले नतिजा एक महिनामै निकाल्स सफल भएको हो । विद्यार्थीले बोर्डले दिएका लिंक, नम्बर तथा वेबसाईटमार्फत् नतिजा हेर्न सक्नेछन् ।
गत वर्षको नतिजामा नियमिततर्फ ६१।८१ प्रतिशत विद्यार्थी ९२,७१,२९९ जना० ‘ग्रेड’ ल्याउन सफल भएका थिए भने नियमित परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३८।१८ अर्थात् एक लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेडेड भएका थिए ।



लाइभदाङ । २८ बैशाख २०८३, सोमबार २१:४२ बजे