राप्ती प्रतिष्ठान बन्यो कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहिलो प्रतिष्ठान

दाङ, २६ असोज ।
सञ्चारमन्त्री जगदिस खरेलले सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

यसै क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सरकारलाई साथ दिदै प्रतिष्ठानलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको छ । यसअघि आउट सोर्सिङका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको प्रतिष्ठानले पहिलो चरणमा छैठौ तह सम्मका करार, अस्थायी कर्मचारीलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको हो ।


प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले यसै आर्थिक बर्षदेखि हाल अधिकृत तहका सबै कर्मचारीलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि प्रतिष्ठानका कर्मचारीले राहतको महसुस गरेका छन् ।

यसअघि सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान आबद्ध भएको थिएन् । राप्ती प्रतिष्ठान कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने पहिलो प्रतिष्ठान बनेको छ । सरकारको निर्णयसंगै प्रतिष्ठानका ५ सय बढि कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन ।