तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

तुलसीपुर, ६ बैशाख ।
दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१८ मानपुर निवासी शर्मिला चौधरीको ५ वर्षीय छोरा सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–१६ निवासी ३० वर्षीय मोहन बस्नेतले चलाएको रा ३ प २५२० नम्बरको मोटरसाइकलले मानपुर डुरुवा सडक खण्डमा आज (बिहिबार) बिहान १० बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी गम्भिर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा पौने १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।