दाङमा ट्युसन पढेर फर्किदै गरेकी छात्राको लडेर मृत्यु

दाङ,२८ वैशाख।
हिँड्दा हिँड्दै लडेकी एक छात्राको मृत्यु भएको छ। रोल्पाको रून्टीगढी गाउँपालिका–१ करेन्टीकी २१ वर्षीया छात्रा धनसरी कवरको सोमबार मृत्यु भएको छ। बिहान पौने ८ बजेतिर ट्युसन पढेर फर्किँदै गर्दा कवर दाङको घोराही उपमहानगरपालिका–१३ डमुर गाउँमा हिँड्दा हिँड्दै लडेकी थिइन्।


तत्काल उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका प्रवक्ता डिएसपी रेशम बोहराले बताए। अभिभावक रोल्पाबाट दाङ आउँदै गरेको तथा मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।