
दीपक बोहरा
दाङ, २५ वैशाख ।
चिर्पट प्रहार गरि श्रीमतिको हत्या गरेका दाङ तुलसीपुर १९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले बयानका क्रममा श्रमतिसंग २ बर्षदेखि बोलचाल समेत नभएको बताएका छन् । डिभिजन बन कार्यालय बिरगंजमा कार्यरत रहेका वलीले गएको चैत १२ गते श्रमति २७ बर्षीया कमला वलीको हत्या गरेका थिए । श्रीमतिको हत्या पछि पक्राउ परेका वलीले आफूले पटक–पटक श्रीमतिको आफन्तलाई आफूहरुबीचको झगडा मिलाईदिन अनुरोध गरेको बयान दिएका छन् ।
गोपालको बयान अनुसार यसरी सुरु भयो खटपट
गोपालले २०६७ सालमा खरिदारमा नाम निकालेका थिए । उनीहरुबीच २०७० सालमा मागी विवाह भएको थियो । २०७५ सालमा गोपालले लेखा अधिकृतमा नाम निकालेर बबई गाउँपालिका दाङमा पोस्टिङ भएका थिए । बबई हुँदा उनीहरुसंगै बसेका थिए । तर, समायोजन पछि उनको मधेश प्रदेशमा सरुवा भयो । त्यसपछि गोपाल विरगंज गए भने श्रीमति कमला भने दाङ विजौरीमा कोठा भाडामा लिएर बसिन् । त्यसपछि भने उनीहरुको सम्बन्धमा खटपट आईरहेको कुरा गोपालले बयान दिएका छन् ।
त्यही बीचमा २०७७ सालमा उनीहरुले विजौरीको दोघर्रे भन्ने ठाउँमा घर बनाएर घर सरिसकेका थिए । त्यसपछि जागिरबाट विदा मिलाएर घर आउँदा सुरुसुरुमा बाटोमा लिन आउने गरेको भएपनि पछि भने घर आउँदा पनि रिसाउने गरेको भनि गोपालले प्रहरी समक्ष बयान दिएका छन् ।“२०८१ मा होलीमा घर आउँछु भन्दा घर किन आउने नआएपनि हुन्छ भाडा खर्च हुन्छ भन्दै श्रीमति पन्छिइन”, गोपालको बयानमा उल्लेख छ“तर, म छोराछोरीको मायाले होलीका सामानहरु लिइ घरमा आउँदा श्रीमति मसंग रिसाइन र हामीबीच झगडा भयो।”
उनीहरुबीच एकअर्काको मोवाईल हेर्न खोज्दा मोवाइल समेत फुटेका थिए । त्यो बीचमा विदा मिलाएर घरमा आउँदा समेत बोलचाल नहुँने अबस्था भएपछि आफ्नो घर र ससुराली पक्षलाई झगडा मिलाईदिन अनुरोध गरेको गोपालको बयान छ ।“मैले मेरो र श्रीमतिको आफन्तीहरुलाई झै–झगडा मिलाइदिन पर्यो भनि अनुरोध समेत गरेको थिएँ”,उनले बयानमा भनेका छन्“ भाई पुलबाट हाम फालेर मृत्यु हुँदा घरमा गएको अबस्थामा समेत बोलचाल भएन ।”
गोपालको माइलो भाई हेमराज वली गएको असारमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते छन् । उनको तुलसीपुर स्थित थेरापी सेन्टरमा उपचार पछि घर लगिएको थियो । त्यही क्रममा चैते दशैमा वुवा, भाई वुहारी, बहिनी घरमा आएको अबस्थामा पनि श्रीमति कमलासंग केही बोलचाल समेत नभएको गोपालको बयान छ । “त्यही क्रममा म पानी खाना भनि भान्सा कोठामा गएको थिएँ, श्रीमति पनि भान्सा कोठामै थिइन”उनले बयानमा भनेका छन्“त्यहीबेला घरायसी विवाद हुँदा चिर्पट प्रहार गरेको हुँ ।”
शासुको जाहेरीः ज्वाइले पहिल्यै डिभोर्स गर्ने भन्नु भएको रहेछ
गोपालकी सासु कबिता खड्काले जाहेरीमा ज्वाइले पटक–पटक छोरी कमलालाई सम्बन्ध विच्छेद गर्नुपर्छ भनि तनाब दिने गरेको खुलाएकी छन् । “ज्वाईले पटक–पटक मेरो छोरीलाई सम्बन्ध विच्छेद गर्नुपर्छ नगरेमा तलाई मारी फालिदिन्छु भनी झै झगडा तथा धम्की दिदै आउनु भएको रहेछ”, जाहेरीमा उल्लेखछ“ मेरी छोरीले मलाई आमा तपाइको ज्वाइले रुपैँया पनि दिनु हुन्न, छोराछोरीको पालनपोषण गर्न साह्रै गाह्रो भएको छ, भनि छोरीले जानकारी गराई राखेकी थिइन ।”
चारजना विरुद्ध जन्मकैदको माग
हत्याको संलग्न भएको भन्दै श्रीमान ओलीसहित उनका वुवा कर्णबहादुर ओली, भाइ बुहारी टिका केसी र बहिनी पुतला ओलीलाई जन्मकैदको माग गरि अदालतमा अभियोगपत्र दायर गरिएको छ । बैशाख ६ गते जिल्ला अदालत दाङमा अभियोग पत्र दायर गरिएको हो ।
चैत १२ गते चैते दशैका दिन श्रीमति कमला वलीको हत्या भएको थियो । तुलसीपुर १९ दोघर्रे स्थित घरमा हत्या भएको थियो ।



लाइभदाङ । २५ बैशाख २०८३, शुक्रबार २२:१३ बजे