जनयुद्धकै कारण नरिङ्कुश राजतन्त्रको अन्त्य भयोः प्रतिक्षा

काठमाडौं, ९ जेठ ।
प्रतिनिधिसभा सदस्य नारायणी शर्माले सरकारको नीति तथा कार्यक्रममा समेटिएको विषयलाई अक्षरशः पालना गर्न सकिए विकास र समृद्धिको मामिलामा देश धेरै अघि बढ्न सक्ने बताएकी छन् ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शर्माले भनिन्, ‘नीति तथा कार्यक्रममा धेरै राम्रा विषय समेटिएको छ । यो नीति तथा कार्यक्रममा जे विषय समेटिएको छ, यो विषलाई कार्यान्वयन गर्न सकियो भने देश धेरै अघि बढ्न सक्छ ।’

उनले विपक्षी सांसदले नीति तथा कार्यक्रममा उल्लेखित विषयलाई पूर्वाग्रही ढङ्गले उठाएको पनि जिकिर गरिन् । उनले नीति तथा कार्यक्रम सरकारको मात्रै नभएर समग्र देश बनाउने दस्ताबेज भएको उल्लेख गरिन् ।

उनले केही सांसदले जनयुद्ध शब्दमा समेत आक्रोश पोखेको भन्दै उनले कटाक्ष गरिन् । जनयुद्धकै कारणले विगतको निरङ्कुश राजतन्त्रको अन्त्य भएर यो व्यवस्थामा आउन सकिएको भन्दै शर्माले यसमा सबैले गर्व गर्न सक्नुपर्ने धारणा राखिन् ।


उनले उत्पादनलाई प्राथमिकता दिनुपर्ने र कृषकको पक्षमा नीतिहरू ल्याउनुपर्ने धारणा राखिन् । यस्तै शिक्षा क्षेत्रको विकासका लागि ‘सिकाउने र टिकाउने’ कार्यक्रम ल्याइएकोमा खुसी व्यक्त गर्दै यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् । यसको सही कार्यान्वयन हुन सकेमा शिक्षाको शिक्षाको क्षेत्रमा परिवर्तन आउन सक्ने उनको धारणा छ ।

यस्तै उद्योग कलकारखानाको विकासका साथसाथै रुग्ण उद्योगहरू सञ्चालन गर्ने सम्बन्धमा पनि सरकारको सही नीति तथा कार्यक्रम आएको धारणा राखिन् ।

यस्तै उनले विकट र पिछडिएको क्षेत्रमा दुई जिल्ला बराबर एउटा एयर एम्बुलेन्सको ल्याउने भनी नीति तथा कार्यक्रममा उल्लेखित विषय सही भएको बताइन् ।