लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई नगरपालिका बनाउन सिफारिश

तुलसीपुर, ९ वैशाख । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्र राप्ती उपत्यकालाई मिलाएर नगर पालिका बनाउन सिफारिश गरिएको छ ।

नेपाल नगर पालिका संघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलार्य सिफारिश गरेको हो ।


प्राप्त सुझाबका आधारमा संघले राप्ती उपत्यकामा नगरपालिका बनाउन सुझाब दिएको हो ।

दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा र अर्घाखाँचीको सितगंगा नगरपालिकालाई समेटेर स्थायी राजधानी घोषणा गरिएको थियो ।