दाङमा ससुराको गोठमा आगो लगाउने पक्राउ

दाङ– दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

बङलाचुली गाउँपालिका(५ साकिने निवासी ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगो लगाएको अभियोगमा उनकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटीबाट गोठको छानामा आगो सल्काइदिएकी थिइन् ।


आगलागी हुँदा गोठ पूरै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले खेमलाई पक्राउ गरेको छ ।

आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।