नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका

नेपालगन्ज,१५ चैत । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा गएराति एक अज्ञात महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।

स्थानीयवासीका अनुसार घटनास्थलमा महिलालाई जिउँदै आगो लगाइएको आशंका गरिएको छ । विभिन्न सामाजिक सञ्जालमा ६–७ जनाको समूहले महिलामाथि आगजनी गरेको दाबी समेत गरिएको छ, तर यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।


प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि उनलाई कसले र किन जलायो भन्ने विषय अझै खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएकाले अनुसन्धानलाई तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।