जेष्ठ नागरिक संघ बबई ७ को अध्यक्षमा : डाँगी

रामप्रसाद सुवेदी
हापुरे, १९ जेठ ।

जेष्ठ नागरिक संघ बबई गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा लाल बहादुर डाँगी चयन हुनुभएको छ। गत बैशाख ३ गते संघका अध्यक्ष मोहनलाल डाँगीको निधन भएपछि अध्यक्ष बिहिन भएको संघको बुधबार बैठक बसि डाँगी अध्यक्ष रहने गरि पुनर्गठन गरिएको हो ।


संघको उपाध्यक्षमा बिमला दमाई, कोषाध्यक्षमा मान बहादुर डाँगी,सचिवमा हरीबहादुर भण्डारी रहनुभएको छ। संघको सदस्यहरुमा धनिराम थारु,भिम बहादुर डाँगी,बासुदेब बस्नेत, पुर्ण बहादुर चौधरी,बाटुली डाँगी,पुतली थरुनी र दुर्गालाल डागी रहनुभएको छ भने सल्लाहाकारहरुमा रुद्र बहादुर डाँगी,कबिराम भण्डारी, जोगिराम चौधरी र भुमी खत्री चयन हुनुभएको छ।

बुधबार संघका सचिब लाल बहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले संघका अध्यक्ष मोहनलाल डाँगीको परिवारजनमा समबेदना प्रकट समेत गरेको छ। बैठकमा जेष्ठ नागरिक संघका दाङ जिल्ला सदस्य चन्द्र बहादुर वली बबईका शभापती शिबलाल भुसाल बबई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तिलकराम भण्डारी लगायतको उपस्थिति थियो ।