लुम्बिनीको मुख्यमन्त्रीका चौधरी नियुक्त

दाङ,१९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

विहीबार साँझ सवा ६ बजेतिर प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आज अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीकालागि दावी पेश गर्नकालागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

सोही बमोजिम काँग्रेस, माओवादी केन्द्रसहितका ८ दल र एक स्वतन्त्र सांसदसहित ५३ सांसदले चौधरीलाई समर्थन गर्दै दावी पेश गरेका थिए ।


यस अघि एमालेका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो ।