
दाङ,५ चैत । दाङको तुलसीपुर ९ दुधेनामा टप्परको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
विहीबार साँझ ७ बजेतिर तुलसीपुर ९ दुधेनाको चमिखोला नजिकै रा १ ख २३०८ नम्बरको टिप्परले ठक्कर दिदा महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार मृत्यु हुनेमा रा ७ प ६३३१ नम्बरको स्कुटरमा सवार तुलसीपुर ९ निवासी ४९ बर्षीय पुष्पा कडेल रहेकी छन् ।
श्रीमान–श्रीमती सवार स्कुटरलाई पश्चिमबाट घोराही तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट श्रीमान दुर्गा कडेँल घाइते छन् । उनको अबस्था सामान्य रहेको छ । घटनापछि फरार रहेको टिप्परलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । ५ चैत्र २०८२, बिहीबार २०:५९ बजे