धामी झाक्री गर्ने नाममा बलात्कार

तुलसीपुर
८ फागुन / दाङमा धामी, झाँक्री गर्ने भन्दै घर–घरमा गएर महिला र बालिकामाथि बलात्कार गर्ने एक ब्यक्तीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ निवासी गोपाल विकले वडा नं. १८ निवासी महिला र बालिकालाई धामी, झाँक्री गर्ने नाममा बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

गएको माघ २९ गते राति साढे ६ बजेतिर ति महिलाको घरमा गएर ‘शिवको भक्त हुँ’ भन्दै त्रिसूलले प्रहार गर्नुकासाथै कपाल काटिदिएपछि ति महिलाका छोरीहरु बाहिर निस्किएका थिए । त्यही मौकामा गोपालले महिलामािथ जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । साथै गोपालले ति महिलाकी १४ बर्षीया भाञ्जिसंग पानी मागेको र पानी ल्याउन घर भित्र गएको बेला घर भित्रै गएर जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले बताएको छ ।


उनी विरुद्ध फागुन ५ गते जाहेरी आएपछि खोज तलास गर्दा सोही दिन उनलाई दूधरास स्थित गाउँमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो । भगवान शिवको भक्त हुँ, दैविक देवी देवले आफुलाई छोएको भन्दै’ स्थानीय मानिशलाई धामीझाँक्री गर्ने भनि झुक्याउँदै आएको समेत खुलेको छ । उनलाई मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद १८ को दफा (१)को उपदफा १ र २ अनुसार मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ ।