
तुलसीपुर, ३० फागुन । एमाले नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीले सबै मिलेर टरिगाउँ एयरपोर्ट बनाउने बताएकी छन् ।
शनिबार तुलसीपुरमा भएको चलचित्र पत्रकार संघ दाङको छैठौ अधिवेशनलाई सम्बोधन गर्दै उनले आउने सरकारले टरिगाउँ एयरपोर्टको विषयमा पनि ध्यान दिने बताईन् ।
“आउने सरकारले पन ध्यान दिने छ, हामीले आवाज उठाउने छौ । सबै एक भएमा सफलतामा जान्छ”,उनले भनिन्“फुट विभाजनमा गएमा असफल हुन्छ । सबै मिलेर एयरपोर्ट बनाउछौं । बनाउने तर्फ अगाडी बढ्छौं ।”
संघका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामी, केन्द्रीय सदस्य धु्रबराज न्यौपाने, प्रदेश अध्यक्ष शिव पुन, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नारायणी रजौरे, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिब दीपक बोहरा, संघका सल्लाहकार बसन्त आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
उपाध्यक्ष पूर्ण केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब निरला अर्याल गैरेले गरेकी थिइन ।



लाइभदाङ । ३० फाल्गुन २०८२, शनिबार २२:०३ बजे