दाङ उद्योग वाणिज्य संघको निर्वाचन समिति फेरियो

गोविन्द खड्का
घोराही, ५ असोज ।
दाङ जिल्ला उधोग वाणिज्य संघका पुर्व अध्यक्ष एवं सल्लाहकार समिति सयोजक नारायण प्रसाद भुसालको अध्यक्षतामा वर्तमान अध्यक्ष, निवर्तमान अध्यक्ष र पुर्व अध्यक्ष हरुको सयुक्त बैठकले दाङ जिल्ला उधोग वाणिज्य संघ घोराही को असोज ११ गते हुने निर्वाचन तोकिएको समयमै गर्ने निर्णय गरेको छ ।

चुनावका लागी दाङ जिल्ला वार एसोशीयसन का अध्यक्ष मणिराज आचार्य मौसमको सयोजकत्वमा नयाँ निर्वाचन समिति गठन भएको छ । सदस्यमा पुर्व अध्यक्ष नारायण प्रसाद भुषाल र निवर्तमान अध्यक्ष टंकसिं बुढाथोकी रहनुभएको छ ।


सदस्य का लागि आवेदन दिएका खुला र वाणिज्य १७ जनालाई सदस्यमा परिणत गर्ने निर्णय भएको छ । खुला र वाणिज्य नभन्ने निर्णय गरेको छ । निर्वाचन वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई नेतृत्वमा गठित समितिले दिएको राजिनाम राजीनामा स्विकृत गर्ने निर्णय भएको छ । सदस्यमा अधिवक्ता भुप बहादुर के सी र ठाकुर गिरी हुनुहुन्थ्यो ।