शान्तिनगरको ५० करोड ९७ लाख ४८ हजार बजेट प्रस्तुत

निराश पान्डे
शान्तिनगर, ११ असार ।

शान्तिनगर गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि कुल ५० करोड ९७ लाख ४८ हजार बजेट ल्याएको छ। चालू तर्फ ३१ करोड ६६ लाख ४८ हजार र पुँजिगत तर्फ १९ करोड ३१ लाख बजेट ल्याएको छ। १२ औ गाउँ सभामा उपाध्यक्ष प्रेमा केसीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो।


शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा बसेको सभाले शान्तिनगरमा रहेका सबै कार्यालयमा विद्युतीय हाजिरी लागू गरिने बताइएको छ। शुक्रबारको सभाले न्यायिक समिती गठन गर्न भने सकेन अर्को सभा आगामी २४ गते बस्ने जनाइएको छ।