लाइभदाङ र अग्रिमकर्मी बोहरा सम्मानित

तुलसीपुर, ३० फागुन । लाईभदाङ र अग्रिम साप्ताहिकका सञ्चालक दीपक बोहरा सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ दाङको शनिबार तुलसीपुरमा भएको छैठौं अधिबेशनका क्रममा बोहरालाई सम्मान गरिएको हो ।

विगत लामो समयदेखि पत्रकारितामा संलग्न रहदै दाङ जिल्लाको कला, साहित्य एवं पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, संबद्र्धन र विकासकालागि योगदान पु¥याएको भन्दै सम्मान गरिएको संघका अध्यक्ष सन्तोष केसीले बताए ।


उनी दाङमा रहेर डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । हाल उनी राष्ट्रिय समाचार समिति(रासस) का दाङ तुलसीपुर समाचारदाता, नयाँ पत्रिकाका दाङ सम्वाददाताका रुपमा समेत कार्यरत छन् । उनी केन्द्र तथा जिल्लाका दर्जन सञ्चार माध्मयमा काम गरिसकेका ब्यक्ति हुन् ।

उनलाई पूर्व राष्ट्रियसभा सदस्य तथा कलाकार कोमल वली, चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामीलगायत अतिथिहरुले सम्मान गरेका हुन् । त्यस अवसरमा पत्रकार बसुन्धरा गौतम, सुधासुमन ढकाल, बसन्त पौडेल र लिलाधर वलीलाई समेत सम्मान गरिएको थियो ।