चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा गैरे

तुलसीपुर, ३० फागुन । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल गैरेलाई चयन गरिएको छ ।

शनिबार तुलसीपुरमा भएको छैठौं अधिवेशनले गैरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।


जसको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी र कोषाध्यक्षमा झग्गु भण्डारीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा हिमाल महरा, दिपेन खत्री र टेकराज भण्डारी रहेका छन् ।