दाङ १ः पूर्वमुख्यमन्त्री केसीको जमानत जफत

तुलसीपुर, २५ फागुन । दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको जमानत जफत भएको छ । जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ ।

दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेको छ । जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर, केसीले एक हजार तीन सय ८४ मात्रै मत ल्याएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ ।

महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।


मेटमणी चौधरीकाे जमानत जफत

दाङ १ : एमालेका उम्मेदवार शर्माको जमानत जफत