जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा तुलसिपुरको अग्रता

लक्ष्मण बस्नेत
तुलसीपुर,२८ माघ ।
दाङ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा तुलसिपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ ।

दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा १० स्वर्ण ४ रजत र ३ कास्य पदक जितेको तुलसिपुरले दोस्रो दिनसम्म पदक तालिकामा अग्रता कायम राखेको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका ६ स्वर्ण,२ रजत र ४ कास्य पदकका साथ दोस्रो स्थानमा रहदा लमही नगरपालिका ४ स्वर्ण,५ रजत र १ कास्य पदक हात पार्दै तृतीय स्थानमा रहेको छ । राजपुर गाउपालिका १ स्वर्ण,३ रजत पदक हात पार्दै चौथो स्थानमा रहेको सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनु भएको छ ।


प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १५ सय खेलाडी तथा अफिसिलको सहभागिता रहेको छ । बिगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट सहभागि हुने गरेकोमा यस वर्ष पालिका–पालिका बिच नै कडा प्रतिस्पर्धा भइरहेको छ ।

यसबिच प्रतियोगितामा भोलि अन्तिम दिन भलिबल, कवड्डी छात्र/ छात्रा फाईनल,खेल हुनेछ्न । भलिबल छात्र / छात्रा फाईनलमा तुलसिपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका भिड्नेछन् । त्यस्तै कबड्डी छात्र तर्फ तुलसिपुर र राप्ती गाउँपालिका बिच कडा प्रतिस्पर्धा हुनेछ ।