तुलसीपुर,१४ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित लामिडाँडा टोल विकास संस्थाको ५औँ साधारण सभा आज सम्पन्न भएको छ। सभाले बल बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
समितिको उपाध्यक्षमा पूर्ण बहादुर वली, सचिवमा रामचन्द्र बुढा र कोषाध्यक्षमा वकिला अधिकारी के.सी. चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा रेबा के.सी, चन्द्र कुमार चौधरी, मान बहादुर वली, भिम बहादुर गिरी, सीता कवर र कल्पना बस्नेत रहनुभएको छ।
दल बहादुर खड्काको सभापतित्वमा सम्पन्न साधारण सभामा तुलसीपुर वडा नं. १२ का वडा सदस्य कमला घर्तीको प्रमुख आतिथ्य एवं संस्थापक अध्यक्ष युवराज के.सी. विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन नवगठित समितिका अध्यक्ष बल बहादुर पुनले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अतिथिहरूले टोलको भौतिक विकास, सरसफाइ तथा सामाजिक एकता कायम राख्न टोल विकास संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो।



लाइभदाङ । १५ कार्तिक २०८३, शनिबार २२:०२ बजे