
तुलसीपुर,२५ फागुन । एमालेबाट दाङ १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेवतीरमण शर्माको जमानत जफत भएको छ ।
जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेको छ ।
जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर, शर्माले ६ हजार ८ सय २५ मात्रै मत प्राप्त गरेका छन् ।



लाइभदाङ । २५ फाल्गुन २०८२, सोमबार ०९:२६ बजे