मेटमणी चौधरीकाे जमानत जफत

तुलसीपुर, २४ फागुन ।  दाङ १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणी चौधरीकाे जमानत जफत भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका चौधरीकाे जमानत जफत भएको हो ।


जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेकाे छ ।

जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर,मेटमणीले ४ हजार नौसय ६५ मत मात्रै ल्याएका छन् । उनी यस अघिका दुई वटा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।