
तुलसीपुर, ६ भदौ । दाङ तुलसीपुरका मोवाइल ब्यबसायी दुर्गा भुषाललाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार पक्राउ परेका ब्यक्तीहरुको नाम भने खुलाईएको छैन । अन्य ब्यक्ती पनि यसमा संलग्न हुन सक्ने प्रहरीको भनाई छ । भुषालले लेखेको सुसाइड नोटका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा माओवादी केन्द्रका एक स्थानीय नेता समेत रहेको स्रोतले बताएको छ ।
उनीलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । आर्थिक लेनदेनकै कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । करिब तीन करोड रुपैँया ल्याउनुपर्ने ठाउँबाट आउन नदिन ति माओवादी नेताले भूमिका खेलेको स्रोतको भनाई छ । केही महिना अघि आर्थिक कारण नै मृत्यु भएका एक तुलसीपुरका ब्यबसायीले भुषाललाई तीन करोड बढि रकम दिनुपर्ने कुरा आफ्नो सुसाइट नोटमा खुलाएका थिए ।
त्यसकै आधारमा भुषाललाई उक्त रकम दिने सहमति पनि भएको थियो ।
तुलसीपुरका ब्यबसायीको रोहबरमा भएको त्यो सहमति अनुसार पैसा नदिनकालागि ति माओवादी नेताले भूमिका खेलेपछि उनले आत्महत्या गरेको बुझिएको छ ।



लाइभदाङ । ६ भाद्र २०८२, शुक्रबार १८:५८ बजे