
तुलसीपुर, १४ माघ ।
नेकपा एमाले तुलसीपुर नगर कमिटिको मंगलबार बसेको बैठकले निर्वाचन क्षेत्रलाई लक्षित गर्दै भुगोल अनुसार विशेष जिम्मेवारी बाँडफाड गरेको छ ।जसमा तुलसीपुर क्षेत्रका लागी कोमल वलीको नेतृत्वमा हुकुम बस्नेत, टोप बहादुर घर्ति , विनोद शर्मा र नेत्रमणी लामीछाने लगायतलाई खटाईएको छ ।
यस्तैगरी आर्थिक व्यवस्थापन कमिटिमा राम प्रसाद चालिसेको संयोजकत्वमा नारायण खनाल, निम बहादुर केसी र मेघराज भुसाल लगाएतलाई जिम्मेवारी दिएको छ । यस्तैगरी अनुगमन तथा संयोजन कमिटिमा ढुण्डीराज लामीछानेको संयोजकत्वम सारदा स्वर्णकार, राममनी नेपाली लगाएत रहेका छन्, भने प्रचारप्रसार कमिटिमा संगीत बस्यालको संयोजकत्वमा बसन्त आचार्य, सन्तोष दहित, हेमराज डाँगी, बसन्त परियार, प्रेम राम्जा र दिप्तीशिखा चौधरी रहेका छन् ।



लाइभदाङ । १५ माघ २०८२, बुधबार ०६:३६ बजे