
दाङ,९ साउन ।
अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ६ हजार ५ सय ५० रूपैयाँ सहित बस्नेतलाई हिजो राति पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



लाइभदाङ । १० श्रावण २०८२, शुक्रबार १९:३९ बजे