दाङमा ट्रक पल्टिदा दुई जना घाइते

दाङ, १९ बैशाख ।
दाङमा ट्रक पल्टिंदा दुई जना घाइते भएका छन् । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर १७ फोर्टीनाइन चोकमा भएको दुर्घटनामा परी ट्रक चालक तुलसीपुर १७ का ३७ वर्षका गिरिराज चौधरी र सहचालक दंगिशरण १ का १८ वर्षीय सहचालक राम चौधरी घाईते भएका छन् । दुवै जनालाई सामान्य चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


चन्द्रौटाबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ९२९५ नम्बरको ट्रक मंगलबार बिहान साढे पाँच बजेतिर दुर्घटना भएको हो । ट्रकले मोटरसाइकललाई साइड दिने क्रममा सडक साँघुरो हुँदा दुर्घटनामा परेको प्रहरी चौकी हेमन्तापुरले जनाएको छ । चन्द्रौटाबाट २१ टन भुटेको चामल बोकेर आएको ट्रक दुर्घटनामा परेको बिजौरी ट्राफिक बिटका प्रमुख विष्णु न्यौपानेले जानकारी दिए ।