दाङमा फेरि बढ्यो अत्याधिक गर्मी, ४०.२ डिग्रि तापक्रम

दाङ,३० जेठ । दाङमा बुधबार फेरि ४०.२ डिग्रि सेल्सियस तापक्रम भएको छ ।

यस बर्ष दाङमा पनि १२ बर्ष अघिको रेकर्डलाई तोडिरहेको छ । १७ जेठमा पनि ४०.२ डिग्रि तापक्रम थियो । १२ बर्षयता दाङमा ४० डिग्रि सेल्सियस तापक्रमलाई पार गरेको थियो । तर, यस बर्ष त्यसलाई पार गरेको छ ।

१२ बर्ष अघि २०६९ जेठ ३२ गते भने ४१ डिग्रि सेल्सियस तापक्रम पुगेको थियो । दाङमा निकै गर्मीले गर्दा जनजिवन प्रभावित बनेको छ ।

दाङको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दाङमा घेाराहीलाई केन्द्र मानेर तापक्रम मापन हुने गरेकाे छ ।


गर्मीकै कारण दाङको जनजीवन प्रभावित बनेको छ । विद्यालयहरु पुनः बन्द हुन थालेका छन् ।

तुलसीपुरमा विद्यार्थी एक्कासी बेहोस