
दाङ, ६ माघ ।
नेकपा(एमाले)का महासचिब शंकर पोखरेलले दाङ क्षेत्र नं.२ मा उम्मेदवारी दिएपछि प्रतिक्रिया दिदै अझै पनि मुलुकमा चुनाबको वातावरण नबनेको बताएका छन् ।
पत्रकारसंग प्रतिक्रिया दिदै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाब हुँदा लोकतन्त्रको रक्षा हुने समेत बताए ।“ चुनाबको वातावरण अझै बन्न सकेको छैन, भन्ने हाम्रो मान्यता रहेका छ”,उनले भने“ तरपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाब हुन सक्दा लोकतन्त्रको रक्षा हुन्छ र संविधान क्रियाशिल हुन्छ, भन्ने मान्यताले चुनाबमा होमिएका छौं ।”
उनले यो चुनाब राष्ट्रिय राजनीतिको समान्य चुनाब नभएको भन्दै यो जनमत संग्रहका रुपमा रहेको समेत बताए ।
मुलुक प्रतिगमन तर्फ उन्मुख भइरहेको अबस्थामा चुनाबका माध्यामबाट लोकतन्त्रालाई पुनस्थापर्ना गर्ने प्रक्रिया अन्तर्गतको यो चुनाब रहेको उनको भनाई थियो ।



लाइभदाङ । ७ माघ २०८२, मंगलवार २०:३६ बजे