माओवादी केन्द्र बबईको अध्यक्षमा घर्ती

तुलसीपुर
२१ भदौ / माओवादी केन्द्र बबईको अध्यक्षमा एकलाल घर्तीलाई चयन गरिएको छ ।

उपाध्यक्ष रमेश सुनार को अध्यक्षता तथा पार्टीका जिल्ला इञ्चार्ज निर्मल आचार्यको प्रमुख अतिथ्यमा भएको भेलाले घर्तीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
घर्ती यस अघि पार्टीको सल्लाहकार थिए । उनी लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय हुँदै आएका छन् ।
भेलामा ७ वटै वडाको रिपोर्ट राखिएको थियो ।


त्यस अवसरमा पार्टीको केन्द्रीय सदस्य हेमराज शर्मा‘डायमन्ड’, लुमकान्त न्यौपाने‘सागर’, भिमबहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिब अन्जु घर्तीले गरेकी थिइन ।