तुलसीपुरमा अटोले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते

दाङ, ११ असोज ।
दाङको तुलसीपुरमा अटोले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर ८ अस्वारा निवासी २७ वर्षीय भुपेन्द्र भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर देखी पश्चिम तर्फ गइरहेको रा १ ह ३६८० नम्बरको अटो र बिपरीत दिशाबाट आइरहेको रा ६ प ८०८६ नम्बरको मोटरसाइकल तुलसीपुर ८ अस्वारामा ठोक्किदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते भएका भण्डारीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । ठक्कर दिने अटो र अटो चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।