
काठमाडौँ, २६ पुस ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।
रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रममा दाहालले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे । हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ । पूर्वी रुकुममा आउने निश्चित भएको छु , उनले भने ।
कार्यक्रममा दाहाल र पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी छन् । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने पनि दाहालले घोषणा गरेका छन् ।



लाइभदाङ । २६ पुष २०८२, शनिबार २२:०७ बजे