इन्टरनेट नचलेपछि मालपोत कार्यालयको काम ठप्प

अमृत काजी शर्मा,
तुलसीपुर, २२ पुस ।

मालपोत कार्यालय तुलसीपुरमा इन्टरनेट सेवामा समस्या देखिए पछी कार्यालयवाट हुने बाह्य सेवाहरु एक सुचना जारी गरी बन्द गरिएको छ । भुमी ब्यवस्थापन तथा अभिलेख बिभागवाट संचालित ओइभसाइड प्रणालिमा समस्या देखिन गई सेवा प्रवाह प्रदान गर्न नसकिएकोले आज बिहिवारका दिन यस कार्यालय वाट प्रदान गरिने सेवाहरु बन्द गरिने र कार्यालयको आन्तरिक काम हुने उल्लेखित सूचनामा उल्लेख गरिएको छ ।


भु(सेवा लागु भए देखि बिगत केही महिना देखि सम्पुर्ण कामहरु इन्टरनेट सिस्टमवाट हुने गरिए पनि कहिले नेट नचल्ने कहिले भु(सेवाको ओइभसाइड नै नखुल्ने भएका कारण काम ढिला सुस्ती भई सेवाग्राही मर्कामा पर्ने गर्ने गरेका छन । अघिल्नो दिन पेश गरेका लिखतहरु पनि सरसर्ती पास हुन नसकी इन्टरनेटकै कारण पटक पटक धाउने गरेका छन ।