राष्ट्रियसभा निर्वाचन स् लुम्बिनीमा जनमोर्चाद्वारा उम्मेदवारी दर्तनरा

दिपक बोहरा
दाङ,२३ पुस ।
राष्ट्रियसभा सदस्य निर्वाचनक लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ। प्युठानका बोमबहादुर खत्री र पदमा पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्यूठानको मल्लरानी गाउँपालिका–२ निवासी खत्रीले अन्य र प्यूठान नगरपालिका–८ निवासी पदमा पण्डितले महिला कोटामा उम्मेदवारी दर्ता गराएका हुन्।


उम्मेदवार खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहेका छन्, भने महिला उम्मेदवार पण्डितको प्रस्तावकमा भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा र समर्थकमा स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज राना मगर रहेका छन् । आगामी माघ ११ गते निर्वाचन हुने भएको छ ।