कर्मचारी परिषद् द्वारा अध्यक्ष बस्नेतलाई ज्ञापन पत्र

निराश पान्डे
शान्तिनगर, ३ असार ।

नेपाल विद्यालय कर्मचारी परिषद् शान्तिनगरले शुक्रबार शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतलाई विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ। कर्मचारी परिषद्का अध्यक्ष बालाराम ओलिको नेतृत्वमा आएको टोलिले सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र कार्यालय सहयोगीले न्यून पारिश्रमिकमा काम गरिरहेको बताउदै हालै नेपाल सरकारले ल्याएको आर्थिक बर्ष २०७९/०८० को बजेटमा आफूहरुको तलब भत्ता वृद्धि नगरेको भन्दै अन्य कर्मचारी सरह सुबिधा हुनुपर्ने माग गर्दै परिषद्ले ज्ञापनपत्र बुझाएको छ।


शान्तिनगरमा कार्यरत लेखापालहरु आफूहरु कार्यालयको काममा जादा थप सेवा सुबिधा नपाएको भन्दै निकै मर्कामा परेको समेत जनाएका छन् । शान्तिनगरमा सामुदायिक विद्यालयमा ६ जना लेखापाल र २६ जना कार्यालय सहयोगीहरुलाई नेपाल सरकारले अनुदानमा पारिश्रमिक दिने गरेको अध्यक्ष बालाराम ओलिले जनाएका छन् । उता ज्ञापनपत्र बुझ्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले कर्मचारीको मागप्रती आफू सकारात्मक भएको जनाउनु भएको छ।