१५ औं बर्षमा गोरखा स्कुल तुलसीपुरः जीवन उपयोगी शिक्षामा जोड

तुलसीपुर, २२ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित गोरखा माध्यमिक विद्यालय १५ औं बर्षमा प्रवेश गरेको छ । विद्यालयले शुक्रबार १५ औं बार्षिकोत्सव मनाएको छ । गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा विद्यालयका प्रिन्सिपल विजयमान जिएमले विद्यालयको उपलब्धिका बारेमा प्रस्तुत गरेका थिए । उनले विद्यालयमा शिशु कक्षा देखि १२ सम्म तीन हजार चारसय विद्यार्थीहरु अध्ययनरत रहेको बताए । जसमा एकसय ५० शिक्षक कार्यरत छन् ।

विद्यालयले किताबी ज्ञानसहित ब्यहारिक तथा समयसापेक्षा शिक्षा दिइरहेको प्रिन्सिपल जीएमको भनाई छ । उनका अनुसार कक्षा शिशुदेखि युकेजीसम्म लाउन्ने इन्टरनेश्नलको सहकार्यमा सिपिएस र कक्षा १ देखि ५ सम्म सीपीआरएस सिस्टम रहेको छ । जसले प्राजेक्टवेश लर्निङ भइरहेको उनको भनाई थियो ।

पाठ्यपुस्तक मात्रै नभई त्यो भन्दा बाहिरको शिक्षा दिन त्यसले भूमिका खेलेको उनको भनाई छ । यसमा समस्या मुलक परियोजना, अनुसन्धानको कार्य, सिर्जनात्मक, आत्मनिर्भर, निर्णय गर्न सक्ने क्षमताको विकास गर्न भूमिका खेलेको प्रिन्सिपल जीएमको भनाई छ ।

त्यस्तै योगा, मेरिटेशन, लागु पदार्थ दुब्र्यशनी विरुद्ध सचेतना, हस्तलेखन कथा लेखन कार्यक्रम गरिरहेको उनले बताए । कला, साहित्य र संस्कृति तर्फ पनि विद्यार्थीहरुलाई जोडिरहेको उनको भनाई छ । त्यस्तै शिक्षकहरुको पेशागत विकासकालागि नियमित प्रशिक्षणहरु दिइदै आइएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुरको विकट क्षेत्र प्रतापकोटको विद्यालयलाई बिभिन्न सामग्री सहयोग गर्नुकासाथै शिक्षादिक्षामा पनि सहयोग गर्दै आएको उनको भनाई छ । यस विद्यालयमा अध्ययन गरेर उतिर्ण भएका विद्यार्थीहरुले पछिल्लो एक बर्षमा चिकित्सा शिक्षा, एमबिविएस, बन विज्ञान,पशु विज्ञान, नर्सिङ, इन्जिनियरिलगायतका कोर्षणमा पूर्ण छात्रबृतिसहित नाम निकाल्न सफल भएको समेत उनको भनाई छ ।

गोरखा तुलसीपुरबाट अध्ययन गरेका धेरैले लोकसेवामा समेत नाम निकाल्न सफल भएको उनले बताए । त्यस खेल क्षेत्रमा पनि गोरखा अगाडी रहेको जीएमले बताए । उनका अनुसार प्याब्सन तुलसीपुरले आयोजना गरेको मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा गोरखाका सुप्रिका सुवेदी प्रथम भएकी थिइन ।


स्तै सत्यसाई सेवा केन्द्र नेपालले आयोजना गरेको बक्तृत्वकलामा सदिस्मा गौतम प्रथम, प्याब्सनले आयोजना गरेको मावि स्तरीय हिज्जेमा द्धितिय, अन्तराष्ट्रिय युवा दिवसमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कक्षा ९ देखि १२ का विद्यार्थीको कबिता लेखन प्रतियोगितामा सर्मिला बुढाथोकी तृतिय हुन सफल भएको जीएमले बताए । त्यस्तै राष्ट्रिय सेवा दलको एनसीसी तालिम तथा प्रतियोगितामा तृतिय हुन सफल भएको उनले बताए ।

त्यस्तै कक्षा १२ को नतिजामा सतप्रतिशत विद्यार्थी उतिर्ण तथा कक्षा १० को परीक्षामा ३ जनाले चार जीपिए समेत ल्याउन सफल भएको उनले बताए । त्यस्तै गोरखा तुलसीपुरले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा ११ स्वर्ण, २ रजत र २ कास्य तथा राष्ट्रपति रनिङ शिल्डमा ९ स्वर्ण, १२ कास्य र ४ रजक पदक ल्याउन सफल भएको हो ।

त्यस्तै गोरखा गु्रपको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा महिला फुटबलमा प्रथम तथा पुरुष र महिला भलिबलमा द्धितिय स्थान आउन सफल भएको प्रिन्सिपल घर्तीले बताए ।

त्यस अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले विद्यालयले शिक्षा मात्रै नभई संस्कार पनि दिनुपर्ने बताए। अब विगतका जस्तो किताबी ज्ञानले मात्रै नहुँने भन्दै बजारमा टिक्ने र विक्ने शिक्षा दिनुपर्ने बताए । उनले नेपालको शैक्षिक विकासमा निजी क्षेत्रका विद्यालयहरूले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।

विज्ञान प्रदर्शनी
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी पनि गरेका थिए । रोवर्डलाई हातले संकेत गरेर चलाउन सकिने प्रबिधि पनि प्रदर्शनीमा थियो । विद्यार्थीहरुले बनाएको उक्त रोबर्डलाई हातले चलाउने र त्यसको सन्देश मोवाईलबाट हेर्न सकिन्थ्यो । त्यस्तै चार खुट्टा भएको रोबर्ट पनि विद्यार्थीहरुले प्रदर्शनीमा राखेका थिए । जसले भुकम्प, आगलागनी जस्ता कुराबाट जोगाउनेदेखि उकालो, ओरालोमा सहायता दिन्थ्यो । ति लगाएत बिभिन्न विज्ञानसम्बन्धि प्रदर्शनी थिए । त्यस्तै ध्वनी तरंगको प्रयोग गरेर बस्तु पत्ता लगाउने कुरा पनि त्यसमा समावेश थियो ।

संस्कृतिक प्रस्तुती
त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न संस्कृतिक प्रस्तुतीहरु पनि राखेका थिए । बिभिन्न भेषभुषा समेटिएका प्रस्तुतीहरु राखिएको थियो । साथै विद्यार्थीहरु फुडस्टल पनि बनाएका थिए । त्यसमा बिभिन्न परिकारहरु थिए । ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख पूर्ण बिक्रम डाँगी र प्राइमेरि कोर्डिनेटर मेनका चौधरीले गरेका थिए ।