गाउँपालिका स्तरिय अपाङ्ग सम्वनय समितिको बैठक हापुरेमा सम्पन्न

रामप्रसाद सुवेदी
हापुरे, ३० साउन ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई राहात मात्रै नभएर सहज जिवनयापनका बाटोमा समेत लाग्न प्रेरित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

बबई गाउँपालिकाको हापुरेमा आयोजित गाउँपालिका स्तरिय अपांग सम्वनय समितिको बैठकमा सहभागीहरुले अपाङ्गता भएका ब्यक्तिहरुको समुदाय स्तरबाटै पहिचान गरि उनिहरुलाई उचित उपचारसंगै सीप मुलक ब्यबसायसंग समेत जोडेर जीवन यापन सहज बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल रेड्क्रस सोसाईटी इनकोर परियोजनाको आयोजना तथा बबई गाउँपालिकाको समन्वयमा हापुरेमा आयोजित बैठकमा अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था,अपाङ्गता भएका ब्यक्तिहरुका बारेमा काम गर्ने संघसंस्थाहरुको अवस्था,गाउँपालिकाबाट अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा गरिएका कार्यक्रम तथा सेवा सुविधाहरु, अपाङ्गता भएका ब्यक्तिहरुका लागि काम गर्दा देखा पर्ने समस्या तथा चुनौतीहरु लगायतका बिषयमा छलफल गरिएको थियो ।


बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति नन्द रावलको अध्यक्षतामा भएको बैठमा नेपाल रेड्क्रस सोसाइटी अन्तरगतको ईन्कोर परियोजनाका कन्द्रीय कार्यक्रम संयोजक बिनिता ढुङ्गेल, बबई गाउँपालिका ईन्कोर परियोजनाका फिल्ड अफिसर देवि प्याकुरेल, बबई गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख ईश्वरा रावत, आईएनएफ दाङका अमृता ढकाल ,अपांग समावेसि तथा सरोकार मन्चका अध्यक्ष, ईलाका प्रहरी कार्यालय हापुरेका ईन्चार्ज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।