
सिसहनियाँ, १९ पुस।
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वच्छ खानेपानी नागरिकको मौलिक तथा नैसर्गिक अधिकार भएको बताएका छन्। शनिबार प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था राप्ती गाउँपालिका– ८ पिपरीको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु संघ, प्रदेश र स्थानीय सरकारको साझा तथा प्रमुख दायित्व रहेको उल्लेख गरे।
उनले सीमित स्रोतसाधनका बीच पनि प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा विस्तार, व्यवस्थापन र उपभोक्ताको हितका लागि खेलेको भूमिकाको प्रशंसा गरे। साथै गाउँपालिकाले आगामी दिनमा योजना समन्वय र आवश्यक बजेट व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।
अध्यक्ष विष्टले अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझ सशक्त, पारदर्शी र विश्वासिलो बनाउँदै लैजान आग्रह आग्रह गरे।



लाइभदाङ । १९ पुष २०८२, शनिबार २०:५० बजे